site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुरा छन् : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरू आएको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले केही पुराना कार्यक्रमका साथै धेरै राम्रा नयाँ कार्यक्रम आएको जिकिर गरे ।

गृह मन्त्रालयमार्फत सबै तहका प्रहरी कर्मचारीहरूको अवकाश समय पुनरवलोकन गर्ने, बढुवाका कुरा, खुला कारागारसहितका नयाँ कार्यक्रम आएको उनको भनाइ छ ।

उनले सरकारको कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले बजेटमार्फत सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास रहने पनि बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro