site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपको मुद्दा ‘हेर्दा हेर्दै’मा, भट्ट र उप्रेतीकै इजलासबाट फैसला हुने

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दा हेर्दै’मा परेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । 

मुद्दा हेर्दा हेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्ने छ । 

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उनको पुनरावेदनपछि सरकारी वकिलले पनि सन्दीपबाट पीडित भएकी गौशाला २६ (छ) नाबालिग भएको र सन्दीपलाई सजाय कम भएको भन्दै पुनरावेदन गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro