site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ९१ पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ९१ पुगेको छ । गएको अक्टोबर ७ यता प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व जारी छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको हत्या गरेको र ८२ जना घाइते भएका जनाइएको छ । कुल घाइतेको संख्या ७८ हजार ८२७ पुगेको जनाइएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायली सिमानामा आक्रमण गरेको थियो । त्यसको बदलास्वरूप इजरायलले गाजापट्टीमा हमासविरुद्ध ठूलो आक्रमण थालेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro