site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ स्वामित्वको जग्गा बेच्न ह्वाइट हाउसको आदेश

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी न्यूक्लियर मिसाइल बेसको नजिक जासुसी हुन सक्ने विषयलाई चासो दिँदै चिनियाँ स्वामित्वमा रहेको क्रिप्टो करेन्सीको खानी रहेको जमिन बेच्न यसका साझेदारलाई आदेश दिएका छन् ।

चिनियाँ नागरिकको मुख्य स्वामित्व रहेको माइनवान पार्टनर्स नामको सो कम्पनीलाई आफ्नो सम्पति बेच्नका लागि ह्वाइट हाउसले १२० दिनको समय दिएको बताइएको छ । उक्त स्थानमा क्रिप्टो माइनिङ अपरेसन भइरहेको छ । 

सो खानी उओमिङमा रहेको एयर फोर्स बेसबाट एक माइलभन्दा कम अर्थात् एक दशमलव ६ किमीको दूरीमा रहेको छ । जहाँ इन्टरकन्टिनेन्टल बलिस्टीक मिसाइल थन्क्याइने गरेको जनाइएको छ ।

माइनवानले सो जमिन २०२२ मा किनेको र त्यसपछि त्यहाँ क्रिप्टोकरेन्सी खानीका लागि इक्विपमेन्ट जोडेको थियो । बीबीसी

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro