site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेश जाने विद्यार्थीको सूची हेरफेरबारे शिक्षामन्त्री र बंगलादेशका राजदूतबीच छलफल 

काठमाडौं । छात्रवृत्ति सिटमा बंगलादेश जान सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएकोबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशी राजदूतसँग छलफल गरेकी छिन् । मन्त्री श्रेष्ठले सोमबार नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा छलफल गरेकी हुन् । 

छलफलमा राजदूत चौधरीले समस्याका विषयमा बंगलादेश सरकार जानकार रहेको र यथाशीघ्र समाधान गर्ने तर्फ सकारात्मक पहल गर्ने बताएका थिए । यसबारे विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले आगामी दिनमा यस्तो घटना नदोहोर्‍याउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएको  छ ।

बंगलादेशमा सरकारी छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनका निम्ति शिक्षा मन्त्रालयले सिफारिस गरेका २२ जनामध्ये १० जनाको नाम अन्तिम समयमा हेरफेर भएको थियो । 

मे ३० सम्म बंगलादेशका विभिन्न सरकारी कलेजमा भर्ना हुनपर्नेमा त्यहाँको डीजीएमइले प्रकाशित गरेको सूचीमा आफ्नो नाम नभएपछि १० जना विद्यार्थी न्याय खोज्दै मन्त्रालय पुगेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro