site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विभागले पायो परीक्षण रिपोर्ट, छापिएका लाइसेन्स वितरणमा पठाउने तयारी
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षण रिपोर्ट प्राप्त गरेको छ । विभागले छाप्न थालेपछि केही कार्ड गुणस्तर जाँचका निम्ति निर्माता कम्पनीसमक्ष पठाइएको थियो ।

जर्मनीको म्युहलबाअर कम्पनीले कार्डको गुणस्तर परीक्षण गरेपछिको रिपोर्ट सोमबार प्राप्त गरेको विभागले जनाएको छ । विभागले म्युहलबाअरबाट १२ लाख कार्ड किनेको थियो । ती कार्ड आइपुगेपछि छाप्न थालिएको थियो ।

हाल दैनिक करिब चार हजारसम्म लाइसेन्स छपाइ भइरहेको विभागले जनाएको छ । विभागले यसअघि अध्ययन, रोजगारी र शान्ति सेना मिसनमा विदेश जानेका निम्ति मात्र लाइसेन्स छापिरहेको थियो ।

सम्बन्धित यातायात व्यवस्था कार्यालयको बाँकी रहेका सबै लाइसेन्स छपाइपछि पठाउने गरी काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

उनका अनुसार, सुरुमा कम संख्यामा भएका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका यातायात कार्यालयहरूको लाइसेन्स छपाइ भइरहेको छ । त्यहाँका कार्ड छपाइ भइसकेपछि पठाइने उनले बताए । त्यसपछि अरू प्रदेशका कार्यालयहरूको लाइसेन्स छापिनेछ ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले रिपोर्ट आइपुगेको तर आफूले हेरी नसकेको बताए । कार्डको गुणस्तर भनेअनुसार नै रहेको पुष्टि हुने गरी रिपोर्ट आएको उनको विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro