site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ । 

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन् । उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए । 

उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि–बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको जानकारी दिए । पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० र मौद्रिक  तथा बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव मन्त्रालयलाई दिएको बताए । 

"प्रदेशका समस्याहरू समाधान गर्ने गरी सरकारलाई सुझाव दिने गरेका छौँ । आगामी आर्थिक वर्षको बजेटको लागि सुझावहरू गइसकेको छ । राष्ट्र बैंकका सुझावमा पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० तथा  मौद्रिक  र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएका छौँ," उनले भने । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro