site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्मल हेभन बोर्डिङ स्कुलको बसमा पेट्रोल बम प्रहार गरेर आगजनी

काठमाडौं । चितवनको स्मल हेभन बोर्डिङ स्कुलको बसमा पेट्रोल बम प्रहार गरेर जलाइएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पेट्रोल प्रहारपछि बस पूर्ण रूपमा जलेको खुलेको हो ।

पेट्रोल बमकै कारण बस जलेको खुलेको चितवनमा डीएसपी भेषराज रिजालले जानकारी दिए । आइतबार बिहानै विद्यार्थी बोक्न गएको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा आगजनी भएको थियो ।

पेट्रोल बम प्रहार गर्दा बस चालकलाई भने अज्ञात समूहले बाहिर निकालेको खुलेको छ । स्कुलका सञ्चालक उमेश श्रेष्ठ हुन् ।

नेकपा माओवादी क्रान्तिकारी मोहन वैद्यनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले उक्त बस आफूले जलाएको जनाएको छ । क्रान्तिकारीका अध्यक्ष मिलन राई छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा शैक्षिक माफियाहरूले निःशुल्क शैक्षिक कार्यक्रम ल्याउन बाधक बनेको भन्दै बसमा आगजनी गरेको उल्लेख गरिएको छ । 

जलाइएकाे बसकाे तस्बिरहरू

bus-aagjani-(4)-1715498638.jpg

bus-aagjani-(5)-1715498638.jpg

bus-aagjani-(1)-1715498638.jpg

bus-aagjani-(2)-1715498637.jpg

bus-aagjani-(3)-1715498637.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro