site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा बाढीबाट १५० जनाको मृत्यु, हजारौँ घरमा क्षति

काबुल । अफगानिस्तानको उत्तरी भागमा बाढीका कारण सयौँ मानिसको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको अनुमान गरिएको छ । तालिवानका अधिकारीहरूका अनुसार बाढीका कारण १५० मानिसको मृत्यु भइसकेको छ ।

यद्यपि, विश्व खाद्य कार्यक्रमले भेन बाढीबाट अफगानिस्तानमा ३०० भन्दा बढीको ज्यान गइसकेको जनाएको छ । शुक्रबार रातिबाट नै बगलान प्रान्तका पाँच जिल्ला बाढीको चपेटामा परेका थिए । ती जिल्लाका क्षतिग्रस्त घरहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार दुई हजार ११ घर पूरै क्षतिग्रस्त भएका छन् भने दुई हजार ८०० घरमा पनि क्षति पुगेको छ । तीन मश्जिद र चार विद्यालयमा पनि क्षति भएको छ । अधिकारीहरूले उत्तरी क्षेत्रबाट राजधानी काबुल जोड्ने राजमार्ग बन्द गरिएको जनाएका छन् ।बीबीसी

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro