site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वर्कसपभित्रको गाडीमा ३१३ किलो गाँजा फेला परेपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीमा ठूलो परिमाणको गाँजासहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय आशीष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धरान–८ स्थित बुढासुब्बा वर्कसपबाट शुक्रबार (हिजो) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उक्त वर्कसपमा काम गर्दै आएका उनलाई ३१३ किलो गाँजासहित पक्राउ गरिएको हो ।

वर्कसपको कम्पाउन्डभित्र शंकास्पद अवस्थामा रहेको बा१०च ६८३८ नम्बरको स्कार्पियो गाडीमा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro