site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण गर्दैन : महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण नगर्ने बताएका छन् ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र इलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यावसायिक शून्य सहनशीलताका साथ काम गर्न निर्देशन दिँदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् । 

उनले प्रहरी संगठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर काम गर्न निर्देशन दिए । महानिरिक्षक कुँवरले प्रहरीले आफनो आचरण, बोली व्यवहारलाई संगठनको मर्यादाअनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नुपर्ने बताए । कसैको दबाब प्रभावमा नपरी निष्पक्ष कार्य गर्न उनको निर्देशन छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro