site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायलको आक्रमणले पिउने पानीको अभाव 

गाजा । हमासविरुद्ध इजरायलले गरेको सैनिक कारबाहीका क्रममा सुरुमा नै सयौँको संख्यामा पानी र शौचालय सुविधा केन्द्रमा क्षति भएकामा पछिल्लो आक्रमणले झन् अप्ठ्यारो परेको जनाइएको छ ।

जरुरी सामानको आपूर्तिमा कमी र स्वच्छ पिउने पानीको अभाव भएको छ । बिनाट्रिटमेन्ट छोडिएको पानीले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको जनाइएको छ ।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ)ले बीबीसीलाई बताए अनुसार, हमासले सुविधाको क्षेत्रलाई आतंकवादीको उद्देश्यपूर्तिका निम्ति प्रयोग गरिरहेको छ ।

गाजा क्षेत्रमा सफा पानीको पहुँच पहिला नै कम थियो । त्यहाँ पहिलादेखि नै जमिनमुनिको पानी र नुन मिसिएको पानीलाई प्रशोधन गरी पिउने गरिएको थियो ।

गएको अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलको जवाफी कारबाहीपश्चात् नुन मिसिएको पानी प्रशोधन गर्ने आधाभन्दा बढी ट्रिटमेन्ट संयन्त्रमा क्षति भएको थियो । ती संयन्त्र फोहोर पानी नागरिकसम्म पुग्न नदिनका निम्ति महत्त्वपूर्ण थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro