site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्ने सम्झौता

काठमाडौं । नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले बिहीबार सिंहदरबारमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा सहसचिव नेपालले कोसी प्रदेशका आकर्षक पदमार्गको स्तरोन्नति र दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । उनले यो परियोजना आउँदो चार वर्षमा स्वीट्जरल्यान्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए ।

उनले १६ मिलियनबराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro