site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एभरेस्ट र ज्योति विकास बैंकमा तोडफोड गर्ने चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेस्ट बैंक र ज्योति विकास बैंकमा बिहीबार तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन दुलाल, जितेश राई, मनकुमार तामाङ र सञ्जय राई छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बैंकको ऋण तिर्न दबाब दिइएको भन्दै उनीहरूले तोडफोड गरेको खुलेको छ ।

उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा संलग्न युवा रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro