site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले अहिले बजारको ‘कन्फिडेन्ट’ बढाउने नीति ल्याउनुपर्छ : अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजार चलायमान हुन नसक्नुको मुख्य कारण व्यवसायीको आत्मबल नहुनु भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“अर्थतन्त्रको आजको समस्या एक पक्षबाट मात्र निम्तिएको हैन, सबैले समाधान गर्नेतर्फ लाग्नुपर्छ,” उनले भने, “निजी क्षेत्र आर्थिक विकासको ‘कि’ हो । निजी क्षेत्रलाई अन्तर्राष्ट्रियजगत्मा विशेष तरिकाले हेरिन्छ । सरकारले व्यवसायीको आत्मबल बढाउने गरी नीति ल्याउनुपर्छ ।”

सर्भिस दिने र लिनेको सोच नमिल्दा पनि समस्या निम्तिने गरेको उनको भनाइ छ ।

विदेशीनेहरू बढ्दै गएको भन्दै उनले विदेशमा पनि काम गर्न सजिलो नभएको बताए । “हामी पनि धेरै देश गएका छौँ, विदेश राम्रो भनेर जानेहरूले पनि त्यहाँ काम गर्न सहज छैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro