site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलेश्वर नगरपालिकाका मेयर सोनारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दामा नगरपालिकाका उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललगायत १२ जनालाई विपक्षी बनाइएको छ । गैरकानुनी लाभ लिएर राज्यलाई हानि पुर्‍याई भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप लगाइएको छ ।

जलेश्वर बजार क्षेत्रमा पीसीसी ढलान गराउँदा उनीहरूले पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । आरोपित सबैलाई बराबर बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro