site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण क्षेत्रलाई १० वर्षका लागि बण्ड जारी गरिदिऊँ : अध्यक्ष केसी 

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकबाट निर्माण क्षेत्रमा गएको ऋण उठ्न नसकेको भन्दै १० वर्षे बण्ड जारी गरेर मिलान गर्न दिन आग्रह गरेका छन् । 

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले बिहीबार आयोजना गरेको आर्थिक बहसको प्यानल डिसकसनमा बोल्दै उनले बैंकिङ क्षेत्रमा खराब कर्जाले समस्या पारेको बताए । उनले बिजनेस एक्टिभिटिज कन्फिडेन्ट कमजोर हुँदै गएको बताए । 

“बैंकिङ सेक्टर अफ्ठ्यारो स्थितिमा छ । बैंकिङ सेक्टरको कन्फिडेन्ट कमजोर हुँदै गएको छ । खराब कर्जा बढेको छ,” उनले भने, “सबैभन्दा बढी निर्माण क्षेत्रको खराब कर्जा छ । सरकारले नै भुक्तानी नगरेर यस्तो भएको हो । १० वर्षे बण्ड जारी गर्न दिएर पनि हल गर्न सकिन्छ ।”

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro