site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतीय नागरिकले फोन पेको क्यूआरबाट सानिमा बैंकमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल आउने भारतीय नागरिकले फोन पेको क्यूआरमार्फत सानिमा बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले यसका लागि फोन पे पेमेन्ट सर्भिससँग सहकार्य गरेको बताएको छ ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकले भारतको फोन पे, भीम एप र यूपीआईमार्फत् नेपालको फोन पेको क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यो सहकार्यले नेपाल भ्रमण गर्ने भारतीय नागरिकले नेपालमा सुरक्षित र झन्झटमुक्त डिजिटल भुक्तानी गर्नसक्ने बैंकको विश्वास छ । देशका सातवटै प्रदेशमा सानिमा बैंकका १३३ कार्यालय र १२४  एटीएम रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro