site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घट्यो वायु प्रदूषण, काठमाडौंका अधिकांश स्थानमा एक्यूआई १३० भन्दा कम
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो तीन दिनयता हल्का वर्षा भएपछि देशका अधिकांश स्थानमा वायु प्रदूषण घटेको छ । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम भएको छ ।  

वातावरण विभागको मंगलबार बिहान ११ः३० बजेको तथ्यांकअनुसार ललितपुरको भैँसेपाटी क्षेत्रमा एक्यूआई १८१ मापन भएको छ । काठमाडौंको रत्नपार्कमा एक्यूआई १२६ र शंखपार्कमा १११ छ । यीबाहेक उपत्यकाका अन्य क्षेत्रमा एक्यूआई एक सयभन्दा कम छ । मंगलबार २४ घण्टामा काठमाडौंको औसत एक्यूआई १७२ पुगेको विभागको तथ्यांक छ ।

यस्तै, एक साताअघिसम्म उच्च प्रदूषित रहेको कास्कीको पोखरा, चितवनको भरतपुर तथा मुगुको रारा क्षेत्रमा पनि वायु प्रदूषण घटेको छ । बुधबार भरतपुरको एक्यूआई १२५, पोखराको ४३ तथा रारा क्षेत्रको ४७ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थयकर वायु रहेको अवस्था हो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro