site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३६ किलो गाँजासहित तीनजना पक्राउ 
प्रतीकात्मक तस्बिर

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, बाट ३६ किलो गाँजासहित तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुर कैलाश–३, का २३ वर्षीय राजेन्द्र घिसिङ,  कैलाश–४, २७ वर्षीय विवेक प्रजा र  हेटौडा उपमहानगरपालिका–१८, बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका प्रहरीले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुन्जमा निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले शंका लागी सोधपुछ गर्दा उनीहरूको साथबाट सो परिमाणमा गाँजा बरामद भएको हो ।

नाङ्लो र नाङ्लोमाथि कालो प्लाष्टिकको झोलामा बोराले बेरेको पोका बनाएर गाँजा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro