site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर

अछाम ।  अछामकाे रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । 

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३, कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  । रासस 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro