site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ग्वार्कोमा आगलागी : एकै परिवारका पाँचजना घाइते, तीन बालबालिकाको अवस्था गम्भीर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

a2-1714889826.jpg
घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

 

आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको एसपी सुवेदीले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro