site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिप्रदियन सहायता संस्थाले गर्‍यो पर्वतमा विद्यालय भवन बनाउन सहयोग

काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाले पर्वतमा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरेको छ ।

जिल्लाको तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि संस्थाले पाँच लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सिप्रदीयन सहायता संस्थाकी कार्यसमिति सदस्य शारदा राणा र संस्थाका आजीवन सदस्य सावन्तजंग सिजापति उपस्थित थिए । 

यस्तै संस्थाका प्रतिनिधि रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । 

सन् २०१२ देखि कार्यशील सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा गैरराजनैतिक सामाजिक संस्था हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro