site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

डडेलधुरा । डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङका ४० वर्षीय चालक धीरज थापामगर र २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरूको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको हो ।

धादिङकै ३१ वर्षीय सुदीप विक र डडेलधुराका २८ वर्षीय हिक्मत विक घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro