site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिणी भियतनाममा खडेरी र ‘हिट वेभ’ले मरे लाखौँ माछा
तस्बिर : एएफपी ।

हनोई । दक्षिणी भियतनाममा खडेरी र ‘हिट वेभ’का कारण जलाशयमा रहेका लाखौँ माछा मरेका छन् । भियतनामको डोङ नाई क्षेत्रमा यस्तो अवस्था आएको हो । त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) पुगेको छ ।

स्थानीय मिडिया र समुदायका सदस्यले माछा मर्नुमा खडेरी र हिट वेभका अतिरिक्त जलाशयको व्यवस्थापन पक्षको पनि आलोचना गरेका छन् । जलाशयमा पानी ज्यादै कम भएको र माछा बाँच्न नसकेको जनाइएको छ । त्यहाँ हिलोको मात्रा बढी रहेको जनाइएको छ ।

एएफपीका अनुसार, त्यस क्षेत्रमा हप्तौँदेखि पानी पर्न सकेको छैन  । स्थानीय बासिन्दा निघिया भन्छिन्, “माछा पानी नपाएर मरेका हुन् । गन्धका कारण विगत १० दिनयता हाम्रो जीवन अप्ठेरोमा परेको छ ।”

दृश्यमा जलाशयभित्रको माटो पटपटी फुटेको देखिन्छ । बाँकी रहेको थोरै पानीमा मरेका माछा तैरिइरहेका देखिन्छन् । सो जलाशयबाट स्थानीय ट्राङ बोम र भिन्ह छु जिल्लाको बालीमा लगाउन पानी लैजाने गरिएको छ । त्यहाँबाट केहीअघि पानी लगिएको जनाइएको छ ।

अधिकारीहरुले ठूलो संख्यामा माछा मरेको विषयमा छानबिन गरिरहेका छन् । मरेका माछालाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ । सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro