site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चले 'सिधाकुरा'लाई अडियो दिने राजकुमार तिमिल्सिनाको पनि बयान लिने

काठमाडौं । सर्वोच्च अदालतले 'सिधाकुरा' अनलाइनले सार्वजनिक गरेको 'डार्क फाइल'को अडियो स्रोतसँग पनि बयान लिने भएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले 'सिधाकुरा'लाई अडियो उपलब्ध गराउने ललितपुरका राजकुमार तिमिल्सिनालाई बयानका लागि बोलाउन आदेश दिएको हो ।

सर्वोच्चमा बयानका क्रममा 'सिधाकुरा'का प्रकाशकसमेत रहेका युवराज कँडेलले आफूहरूलाई तिमिल्सिनाले अडियो उपलब्ध गराएको बताएका थिए ।

सर्वोच्चले आज 'सिधाकुरा'का सम्पादक नवीन ढुंगानाको बयान लिएको छ । बयान नसकिएकाले उनलाई भोलि पनि इजलासमा उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro