site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अप्रिलमा नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार, सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा सो संख्यामा पर्यटकको आगमन बढेको हो ।

२०२३ को अप्रिलमा कुल ९८ हजार ७७३ पर्यटक आएका थिए । २०२४ को सोही अवधिमा एक लाख ११ हजार ३७६ पर्यटक आए । बोर्डका अनुसार, २०२२ को अप्रिलमा ६१ हजार ५८९, २०२१ मा २२ हजार ७३२, २०२० मा १४ र २०१९ मा एक लाख नौ हजार ३९९ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार, अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार १५८, अमेरिकी नौ हजार ९४७, चिनियाँ पर्यटक नौ हजार ७५० को संख्यामा नेपाल आए ।

यस्तै, बेलायतबाट पाँच हजार ३९१, अस्ट्रेलियाबाट चार हजार ११०, बंगलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रुसबाट दुई हजार ९७७ र मलेसियाबाट दुई हजार ३१० पर्यटक नेपाल आए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro