site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
फाइल तस्बिर

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले सो जानकारी दिएका हुन् ।  निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

उनले, “आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्छौं ।”

यसैगरी, सदस्य सचिव डा. थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिए । 

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा. थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका हुन् ।   

विशेष अदालतले मंगलबार  सदस्य सचिव डा. थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते उनीहरू तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro