site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । तिब्बत सरकारले अनुदानस्वरुप  एक हजार क्विन्टल चामल तथा सोही परिमााण्मा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । 

प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए । तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने उनले बताए । 

 बजारको अनुगमन

हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीलगायत थिए । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro