site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट १०० भन्दा धेरै घर जलेर नष्ट भएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको बस्तीका अनुमानित १५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको बताए ।

आगो निभाउन राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले प्रयास गरेका थिए । रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro