site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

काठमाडौं । ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ ।

अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणका रूपमा विद्युतीय गाडी (ईभी)काे लहर चलेका बेला ओमोडाले आफ्नो विश्वव्यापी बजार विस्तारलाई फराकिलो बनाएकाे बताएकाे छ ।

केही दिनअघि अप्रिल १९ मा स्पेनमा आयोजित कार्यक्रममा ओमोडाले युराेपेली बजारमा नै गाडी उत्पादनकाे उद्घाटन गरेकाे थियाे ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेजकास्टेजन र अन्य युरोपेली नेताको उपस्थितिमा ओमोडाले पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरेकाे हाे ।

यसअघि यसै वर्षकाे फेब्रुअरीमा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा ई५  स्पेनिस बजारमा सार्वजनिक भएकाे थियाे ।

त्यससँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।

नेपालमा गत ओमोडा गत फेब्रुअरीमा सार्वजनिक भएकाे थियाे । एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा एन्ड जेईको अटोमोबाइलको आधिकारिक वितरक हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro