site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जहाज ल्यान्ड गर्दा हेलिकोप्टर नजिक पुगेको ‘घटना’बारे छानबिन गर्न सिफारिस

काठमाडौं । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार बिहान भएको ‘घटना’बारे छानबिन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई सिफारिस गरेको छ ।

कतार एयरवेजको जहाज ल्यान्ड गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुई नटिकल माइल नजिक पुगेको थियो । उक्त ‘घटना’बारे छानबिन गर्न प्राधिकरणलाई सिफारिस गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

के हो घटना ?

मंगलबार बिहान कतार एयरवेज विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौं आइरहेको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो । त्यसपछि कतार एयरवेजको जहाजमा ट्राफिक अलर्ट एन्ड कोलिजन एडभाइस (टिकास)ले वार्निङ दिएको थियो । यद्यपि, जहाज सुरक्षितरूपमै अवतरण गरेको थियो ।

अवतरण गरेपछि विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गरेको थियो । पाइलटलाई सोधपुछ गर्दा घटना सामान्य नै देखिएको विमानस्थल स्रोत बताउँछ ।

घटनाबारे रिपोर्ट लेखेर विमानस्थले प्राधिकरणमा पठाएको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जहाज ल्यान्ड गर्न क्रममा नजिक भएको भन्ने कुरा आएको बताए ।

“कताए एयेरवेजको जहाज ल्यान्ड गर्दा सिम्रिकको हेलिकोप्टर नजिकै आयो भन्ने कुरा आएको छ । के भएको हो भन्ने कुरा छानबिन गरेपछि थाहा हुन्छ,” भुलले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro