site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले समग्रमा देशको अर्थतन्त्रका सूचक सकारात्मक दिशामा रहेको बताए ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले लेखाका तथ्यांक महत्त्वपूर्ण रहेको बताए । उनले लेखा तथ्यांक आर्थिक वर्ष २०२१/२२ देखि नियमितरूपमा सार्वजनिक गर्दै आएको पनि जानकारी दिए ।

तथ्यांक कार्यालयका अनुसार चालु आवमा उपभोक्ता मूल्य ३.८७ प्रतिशत, आधारभूत मूल्य ३.५४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

यसैगरी देशको अर्थतन्त्रको आकार ५८ खर्ब नाघ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro