site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा डढेलो : एकजनाको मृत्यु
डोल्पाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए ।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

डढेलो नियन्त्रणका निम्ति स्थानीय तह, प्रहरी जुटेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro