site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्वतमा दम्पतीको हत्या आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्वतमा दम्पतीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीका कृष्ण विक र दीपक परियार छन् ।

गएको चैत २० गते बिहान पर्वतको जलजला गाउँपालिका–२, मल्लाजको दहमा एक दम्पतीको शव फेला परेको थियो । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसीको शव उनीहरूकै घरभित्र भेटिएको थियो ।

जिसी दम्पतीको हत्या आरोपमा विक र परियारलाई पक्राउ गरिएको हो । विकलाई म्याग्दी र परियारलाई पोखराबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्वत र सीआईबीको संयुक्त टोलीलाई उनीहरूलाई पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro