site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरका दुई वनमा डढेलो, तीनजना घाइते : अस्पतालका ९० बिरामीलाई सारियो
डोल्पाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार तीनजना घाइते भएका छन् । केही दिनेदेखि लागेको डढेलो निभाउने क्रममा तीनजना घाइते भएका गोदावरी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार, उपचारका निम्ति घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर र कीर्तिपुर बर्न अस्पतालमा पठाइएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको प्रमुख महर्जनले बाह्रखरीलाई जानकारी दिए ।

डढेलो नियन्त्रणका निम्ति स्थानीय तह, प्रहरी जुटेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro