site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा एक किशोरीलाई यौन दुर्व्यवहारपछि सुरक्षाकर्मीले नै हत्या गरेको खुलासा

तेहरान । इरानको सुरक्षा बलमा काम गर्ने तीन व्यक्तिले एक किशोरीलाई यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ । सुरक्षाकर्मीले नै लेखेको एउटा दस्ताबेज लिक भएपछि यो घटना बाहिर आएको हो । 

घटनाअनुसार २०२२मा इरानमा भएको एक प्रदर्शनको क्रममा १६ वर्षकी किशोरी निका शकरमानी अचानक गायब भएकी थिइन् । उनलाई के भयो भन्ने कसैलाई थाहा थिएन । उनको शव नौ दिनपछि फेला परेको थियो । इरान सरकारले त्यतिबेला किशोरीले आत्महत्या गरेको दाबी गरेको थियो ।
 
बीबीसीले यसबारे इरान सरकार र रिभोलुस्नरी गार्डसमक्ष कुरा राख्दा कुनै जवाफ मिलेको थिएन । तर, पछि फेला परेको एउटा रिपोर्टबाट उनलाई सुरक्षाकर्मीले नै यौन दुर्व्यवहार गरी हत्या गरेको खुलेको हो । रिपोर्टमा अत्यन्त गोपनीय भनेर ‘मार्क’ गरिएको छ ।

यो रिपोर्ट इस्लामिक रिभोलुस्नरी गार्ड कोर (आईआजीसी)का तर्फबाट गरिएको सुनुवाइको सारांश हो । यसमा उनको हत्यारा र वास्तविकता ढाकछोप गर्ने बरिष्ठ अधिकारीको नाम पनि संलग्न छ । 

निकालाई एक गोप्य भ्यानमा राखेर लगिएको थियो । त्यसपछि एक व्यक्तिले उनीमाथि यौन शोषण गरेका थिए । हातमा हतकडी भए पनि निकाले त्यसको विरोध गरिन् । हात खुट्टा चलाएर उनले आफ्नो प्रतिरक्षाको प्रयास गरिन् । तर  उनलाई लाठीले हिर्काइयो । महिनौं लगाएर यसको अनुसन्धान गर्दा निका बारेमा के भएको भन्ने खुलासा भएको बीबीसीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro