site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी गोलीकाण्डमा मारिने प्रहरीको संख्या चार पुग्यो

नर्थ क्यारोलिना । अमेरिकाको नर्थ क्यारोलिनामा कानुन कार्यान्वयन गर्ने क्रममा आपराधिक समूहको आक्रमणमा मृत्यु हुने प्रहरीको संख्या चार पुगेको छ । उक्त घटनामा सुरुमा तीन प्रहरी अधिकारी मारिएको जनाइएकोमा अहिले सो संख्या चार पुगेको छ । चारजना अन्य प्रहरी घाइते भएका छन् । 

सोमबार एक वारेन्ट कार्यान्वयनका क्रममा त्यहाँको एक घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार गरिएपछि उक्त घटना भएको जनाइएको छ । 

स्थानीय चार्लोटेमा भएको उक्त घटना करिव ३ घण्टापछि नियन्त्रणमा आएको थियो । घटनामा एक आक्रमणकारी पनि मारिएको जनाइएको छ ।

अधिकारीहरूका अनुसार गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए । घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिस सम्बद्ध रहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्रमा गोली प्रहारको घटना भएका कारण सुरक्षाकर्मी वारेन्ट आदेशको पालना गर्नका लागि त्यहाँ पुगेको थियो । सोही क्रममा प्रहरीलाई घरभित्रबाट गोली प्रहार गरिएको चार्लोटे–मेकलेनबर्गका प्रहरी प्रमुख जोनी जेनिङले बताएका छन् । सहरको पूर्वी भागको आवासीय क्षेत्रमा करिब दुई घण्टासम्म गोली चलेको थियो । बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro