site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
को बन्ला भावी अमेरिकी राष्ट्रपति ?

वासिंटन ।  विश्वको महाशक्ति राष्ट्र अमेरिकाको भावी राष्ट्रपति को होला भन्ने विषयमा सीएनएनले गराएको एक सर्वेक्षणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अहिलेका राष्ट्रपति जो वाइडेनपछि परेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीले ट्रम्पको कार्यकाललाई सफल र वाइडेनको कार्यकाललाई असफल भन्नेहरूको बहुमत रहेको देखाइएको छ । सीएनएनका लागि एसआरएसएसले गरेको भनिएको सो सर्वेक्षणमा ५५ प्रतिशत अमेरिकीले ट्रम्पको कार्यकाललाई सफल भनेका छन् । ४४ प्रतिशतले भने असफल भएको जनाएका छन् । यद्यपि, उनकै बारेमा सन् २०२१ मा भएको सर्वेक्षणका क्रममा भने ५५ प्रतिशत अमेरिकीले नै उनलाई पनि असफल भनेका थिए ।

अहिलेका राष्ट्रपति वाइडेनको सन्दर्भमा भने ६१ प्रतिशतले असफल भएको भनेका छन् भने ३९ प्रतिशतले सफल भएको भनेका छन् । जनवरी २०२२ मा ५७ प्रतिशतले असफल भनेकोमा अहिले त्यो संख्या अझै बढेको छ । त्यतिबेला ४१ प्रतिशतले सफल भनेकोमा त्यो प्रतिशत अहिले झन् घटेको छ ।

रिपब्लिकनमाझ गरिएको सर्वेक्षणमा ९२ प्रतिशतले ट्रम्प सफल भएको जनाएका छन् । डेमोक्रेटिक पार्टीमा गरिएको सर्वेक्षणमा वाइडेनको पक्षमा भने ७३ प्रतिशतले मात्रै सफल भनेका छन् ।

आआफनो पार्टीमा पकडको हिसाबले पनि वाइडेनभन्दा ट्रम्प अगाडि देखिएका छन् । स्वतन्त्रका बीच गरिएको सर्वेक्षणमा ५१ प्रतिशतले ट्रम्पको कार्यकाल सफल भनेका छन् भने ३७ प्रतिशतले वाइडेनको कार्यकाल सफल भनेका छन् । सीएनएनका तर्फबाट एसएसआरएसले यही अप्रिल १८ देखि २३ सम्म र्याण्डम नेसनल स्याम्पलका आधारमा सर्वेक्षण गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro