site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राति फोन गरेर डिस्टर्ब गरेको झोकमा बहिनीको हत्या, ९ वर्षपछि प्रहरीको फन्दामा !

काठमाडौं । प्रहरीले ९ वर्षअघि भएको हत्याका अरोपितलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २०७१ कार्तिक १ गते हत्या गरिएकी काठाडौंमा कीर्तिपुर तौथलीकी २३ वर्षीया सुनमाया किसान सार्कीको हत्याका अरोपितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीका ४७ वर्षीया समरबहादुर सार्की छन् । उनलाई प्रहरीको टोलीले शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।  

मृतक सुनमाया हत्याका आरोपित समर सार्कीकी फुपुकी छोरी (बहिनी) हुन् । सुनमायाको हत्यालगत्तै समर भागेर भारत पुगेको अनुसन्धानमा खटिएका कार्यालयकी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसीले जानकारी दिइन् ।

पक्राउ परेका समरबहादुरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । हत्यालगत्तै भारतको पन्जाब पुगेका समरले त्यहीँ इलेक्ट्रिक पसल सञ्चालन गरेको बसेको खुलेको छ ।

राति फोन गरेर डिस्टर्ब गरेको झोकमा हत्या !

मृतक सुनमाया आफ्ना मामा गंगाबहादुर सार्कीसँग काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन् ।

समरबहादुर काठमाडौं ढुङ्गे अड्डामा ज्यामी काम गर्थे । २०७१ को असोज ३१ मा समर सुनमाया बस्ने आश्रममा पुगे । त्यो दिन सुनमायाका मामा गंगा आश्रम बाहिर थिए । मामा बाहिर भएका कारण राति सुनमाया र समर एउटै कोठामा सुते । राति सुनमायाको मोबाइलमा फोन आयो ।

सुनमायाले फोन उठाइन् । सुनमाया फोनमा कुरा गर्दा फोनको डिस्टर्बका कारण समरको पनि निद्रा खुल्यो । समर सुनमायासँग कराए ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, "म काम गरेर थाकेर आएको थिएँ । राति राम्रोसँग सुत्न देऊ, डिस्टर्ब नगर भनेको थिएँ । तर, उल्टै मलाई हँसियाले प्रहार गरी । त्यही विषयमा विवाद हुँदा धकेल्दा खाटको धारमा टाउको लागेर उनी बेहोस भइन् ।"

सुनमाया होसमा नआएपछि आफूले घाँटी थिचेर हत्या गरेको उनको बयान छ । सुनमायाको हत्या पछि उनले शवलाई आश्रमकै शैचालयामा फाले । शव शैचालय फालेर बिहान ८ बजे समरबहादुर काठमाडौं छाडेर भारत भागे ।

लामो समयदेखि अनुसन्धान जारी राखेको प्रहरीले शुक्रबार भने हत्यापछि पहिलोपटक समर काठमाडौं आएको सूचाना पायो । सोही सूचनाका आधामरा उनी शनिबार पक्राउ परेका हुन् ।

पक्राउ परेका समरमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro