site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा आगलागी हुँदा २४ घर र १० गोठ जलेर नष्ट

दाङ । दाङको राजपुर गाउँपालिका–७, हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । सोही आगलागीले अरू १० गोठ समेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताए ।

सो गाउँमा २५ घर थिए । तीमध्ये २४ घर जले । आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाइएको मानबहादुर गिरीको बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनमा लागेको डढेलो गाउँमा पसेको हो । आफूहरूले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएको र गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए ।

यहाँको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय वलीले बताए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro