site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इन्जिन मर्मतमा ढिलाइबारे निगम भन्छ– आवश्यक प्रक्रिया अगाडि बढाइनेछ 

काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी विमानको इन्जिन मर्मतमा भएको ढिलाइलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

निगमको नाइन एन–एकेएक्स लुम्बिनी विमान गएको नोभेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको थियो । त्यसलगत्तै निगमले उक्त विमानको इन्जिन मर्मतका निम्ति इजरायलको इजरायल एयरस्पेस इन्डस्ट्रिज (आईएआई)सँग सम्झौता गरेको थियो ।

सम्झौतापछि निममले विमान जनवरी १२ मा इजरायल पठाएको थियो । ९० दिनभित्र मर्मत गर्नुपर्ने सम्झौता थियो । तर, इन्जिन मर्मतमा ढिलाइ भएको छ ।

निगमको उक्त विमान १०७ दिनपछि शनिबार राति ९ः५६ बजे इजरायलबाट दुबई हुँदै काठमाडौंमा अवतरण गरेको थियो । युद्ध प्रभावित क्षेत्र भएकाले आपूर्तिमा कठिनाइ भएर मर्मत–सम्झारमा ढिलाइ भएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro