site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बलात्कार प्रकरणमा जेलमा रहेका वेन्स्टन अस्पताल भर्ना
तस्बिर : रोयटर्स ।

न्युयोर्क । बलात्कार अभियोगमा दोषी साबित भएपछि जेलमा रहेका अमेरिकी फिल्म निर्माता हार्भे वेन्स्टनलाई अस्पतालमा भर्ना गरिएको छ ।

सन् २०२० मा उनलाई अदालतले जेल पठाएको थियो । तर, केही दिनअघि न्युयोर्कस्थित पुनरावेदन अदालतले उनको मुद्दा उल्ट्याउँदै पुनः ‘ट्रायल’ हुनुपर्ने फैसला गरेको थियो । उनलाई म्यानहटनस्थित अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनका वकिल अर्थर आइडालाले वेन्स्टनलाई स्वास्थ्यका हिसाबले ‘ट्रेन ह्रेक’को अवस्था रहेको जनाएका छन् । उनलाई शारीरिक रूपमा धेरै मद्दत चाहिने अवस्था देखिएको र समस्या भएको वकिलले जनाएका छन् ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनले उनलाई तत्काल स्वास्थ्यका हिसाबले ध्यान दिनुपर्ने अवस्था रहेको जनाउँदै अस्पताल पठाएको थियो । उनलाई अस्पतालमा अनेकौँ परीक्षण गरी ‘अबजरभेसन’मा राखिएको जनाइएको छ ।

२०१७ मा मी टु अभियानका क्रममा उनीमाथि थुप्रै बलात्कार र यौन दुर्व्यवहारको आरोप लगाइएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro