site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुरीबतासका कारण बाजुरामा ४० परिवारका घरमा क्षति

बाजुरा । बाजुरामा शनिबार आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६, सालीकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता शनिबार दिउँसो साढे १ बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको गौमुल–६ का वडा सदस्य कलक चदाराले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्य नभएको वडा सदस्य चदाराले बताए । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको उनले उल्लेख गरे ।

निर्माण गरिएको एक महिना बित्न नपाउँदै हुरीबतासले जस्तापाता उडाएर ५०० मिटर तल पुर्‍याएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले बताए । आधा घण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन उडाएको थियो । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro