site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनको पूर्वसन्ध्यामा विरोध प्रदर्शन

काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पुँजीबजार संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो ।

उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागु गर्नुपर्ने, पुँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेलगायत माग गरेका छन् ।

सरकारको गलत नीतिका कारण लगानीकर्ता डुबेको प्रदर्शनकारीको भनाइ थियो । स्वदेशी लगानीकर्ता नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने प्रदर्शनकारीले जिकिर गरे ।

उनीहरूले ‘लगानीकर्ताहरूले लगानीको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर’, ‘स्वदेशी लगानीको संरक्षण गर’, ‘विदेशी लगानीको वातावरण तयार गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro