site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा एकडरा गाउँपालिकाका इन्जिनियर सुभास पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, असिस्टेन्ट सव–इन्जिनियर संजयकुमार मण्डल र जानकी कन्सट्रक्सनका प्रोपराइटर राकेशकुमार राय रहेका छन् । 

आर्थिक वर्ष २०७९÷८० मा एकडारा गाउँपालिका–१, अन्तर्गतका स–साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी आठ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग आठ लाख ६५ हजार १४५ रुपैयाँ बिगो दाबी गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro