site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा मारिएकी आमाको गर्भबाट जीवित निकालिएको शिशुको पनि मृत्यु

गाजा । इजरायली सेनाको आक्रमणमा दक्षिणी गाजामा मारिएकी महिलाको गर्भबाट जीवित निकालिएको एक शिशुको पनि मृत्यु भएको छ । राफाह अस्पतालको सिजरिङ सेक्सनमा चिकित्सकहरूले ह्यान्ड पम्प प्रयोग गरेर ती  शिशुको फोक्सोमा अक्सिजन पुर्‍याउने काम गरेका थिए । 

यद्यपि, उनको बिहीबार मृत्यु भएको हो । उनको शव उनकी आमाको चिहान नजिकै पुरिएको छ । उनीहरू बस्ने घरलक्षित बमबारी भएको थियो । इजरायली सेनाले भने आफूहरूले हमासका फाइटर र पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

शिशुकी आमा साढे सात महिनाकी गर्भवती थिइन् । उनीहरु बस्ने अल सकानीस्थित घरमा इजरायली सेनाले एयर स्ट्राइक गरेको थियो । त्यतिबेला मध्यरात थियो  । शिशुका पिता शुक्री र तीन वर्षीया दिदी  मलक सुतिरहेका थिए । सबै मारिए  । तर, घाइते देखिएकी शिशुकी आमालाई उद्धार दलले तत्काल अस्पताल लगे ।

चिकित्सकले उनलाई इमर्जेन्सी सिजरिङ सेक्सनमा लगे । त्यतिबेला उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । सिजरिङपछि शिशु निकालियो, त्यतिबेला उनको तौल १ दशमलब ४ केजी थियो । उनको श्वासप्रश्वास देखेर चिकित्सकले उनी प्रिम्याचुअर रूपमा जन्मेकोले बचाउन नसकिएको बताए । 

उनकी  मामा घरकी हजुरआमा मिर्भल अल सकानीले बताएअनुसार उनको परिवारले ती शिशुलाई ‘एडप्ट’ गर्ने सोचेको भए पनि बिहीबार उनको मृत्यु भएको हो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro