site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभिन्न मुद्दामा एउटै व्यक्ति १४ पटक पक्राउ, लागुऔषधदेखि लुटपाटसम्मका अभियोग

पोखरा । विभिन्न समयमा गरी कास्की प्रहरीले एउटै व्यक्तिलाई १४ पटक पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे पोखरा २४ पामेबाट पक्राउ भएका ती व्यक्तिलाई प्रहरीले १४ औँ पटक पक्राउ गरेको हो । बिहीबार भने उनी पेस्तोलसहित पक्राउ परे ।

पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–१८ सराङकोटका ३८ वर्षीय नरबहादुर बिक हुन् । उनले पोखरा २४ स्थित बन्दै गरेको घरमा पेस्तोल लुकाएर राखेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको हतियार ९ एमएमको अटोमेटिक पेस्तोल १ थान र पेस्तोलमा लाग्ने गोली १ राउन्डसहित उनलाई पक्राउ गरेको हो । त्यसबाहेक १६ हजार नगद र नोकिया मोबाइल पनि उनको साथबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

राजु न्याकेटका नामले चिनिने बिकसहित उनी सवार मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा बिकले पेस्तोल भारत गएर किनेर ल्याएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार उनीविरुद्ध ९ चैत २०६२ मा पहिलोपटक सार्वजनिक अपराधको मुद्दा चलेको थियो । २६ चैत २०६५ मा पनि कास्की प्रहरीबाटै सार्वजनिक अपराधको मुद्दा चलेको थियो । त्यस्तै, १९ साउन २०६६ मा लागुऔषध, २६ चैत २०६६ मा सार्वजनिक अपराध, २ असार २०६७ मा चोरी, ६ असार २०६७ मा चोरीको मुद्दा चलेको पाइएको छ ।

६ भदौ २०६७ मा सार्वजनिक अपराध, ११ माघ २०७१ मा लागुऔषध, ८ माघ २०७१ मा चोरी, १६ कार्तिक २०७७ मा अभद्र व्यवहार, २८ फागुन २०७७ मा अभद्र व्यवहार, ११ मंसिर २०७९ मा लागुऔषध र २२ कार्तिक २०८० मा चोरी तथा डाँका कसुरको मुद्दा चलेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro