site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाको अस्पताल परिसरमा ३०० मानिसको सामूहिक चिहान 

जेनेभा । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् प्रमुख वोल्कर तुर्कले इजरायली हमलापछि गाजाको नासेर र अल शिफा अस्पतालमा पाइएको सामूहिक चिहानको प्रसंगले भयभित बनाएको जनाएका छन् । प्रमुख वोल्कर तुर्कले यसबारेमा स्वतन्त्र छानबिन गराउन माग गरेका छन् ।

प्यालेस्टाइन अधिकारीहरूले नासेर अस्पताल परिसरमा रहेको सामूहिक चिहानबाट ३०० मानिसको शव निकालिएको जनाएका थिए । यति धेरै मानिस कसरी मारिए र गाडिए भन्ने प्रष्ट भएको छैन । इजरायली सेनाले भने त्यहाँ शव गाडिएको भन्ने विषयलाई आधारहीन भनेको छ  ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि अस्पतालमा आक्रमणकारी लुकेको भन्दै इजरायली सेनाले त्यहाँ धरपकड गरेको थियो । इजरायली सेनाले गाजाका अस्पतालबाट हमासले काम गरेकोले त्यतिबेला आफूले छापा मारेको जनाएको छ । 

प्यालेस्टाइन अधिकारीहरूले भेटेका चिहान गहिरो खाडल खनेर पुरेको र त्यसलाई माथिबाट फोहोरले छोपेको पाइएको जनाइएको छ । शव धेरैजसो वृद्ध, महिला र घाइतेहरूको भएको जनाइएको छ ।

अस्पताल जस्तोसुकै अवस्थामा पनि अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षणमा रहने भए पनि गाजामा सामूहिक चिहान भेटिनुले सबैलाई आश्चर्यचकित पारेको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro