site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जिप एकआपसमा ठोक्किँदा  मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro